21
Aug
भारतको औषधि नियामक निकायले आपत्कालीन प्रयोगका लागि कोरोनाभाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई स्वीकृति प्रदान गरेको छ। तीन मात्रा दिनुपर्ने जाईकोभ-डी (ZyCoV-D) नामक उक्त खोप लिएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त सङ्क्रमण हुन नपाएको खोप उत्पादन गर्ने कम्पनी क्याडिला हेल्थकेअरले गरेको एउटा अध्ययनमा उल्लेख छ। उक्त कम्पनीले प्रत्येक वर्ष एक करोड २० लाख मात्रा खोप उत्पादन गर्ने योजना बनाएको छ। यो भारतमै निर्मित दोस्रो खोप हो। यसअघि निर्माण गरिएका डीएनए खोपहरूले पशुमा मात्र राम्ररी काम गरेका थिए। भारतमा कोभिशील्ड, कोभ्याक्सीन र स्पुत्निक भी गरी तीन किसिमका खोप प्रयोगमा छन्। अहिलेसम्म ती खोपका ५७ करोड मात्रा दिइसकिएको छ। क्याडिला हेल्थकेअरका अनुसार उक्त…
