श्री हर्षवर्धन श्रृंगला द्वारा “Special Intensive Revision (SIR)” लाई समर्थन — निर्वाचनको पवित्रता तथा शुद्धतालाई दीघो बनाउने आग्रह

संसदमा सांसद श्री हर्षवर्धन श्रृंगलाले मतदाता नामावलीको Special Intensive Revision (SIR) प्रक्रियालाई दृढतापूर्वक समर्थन गर्दै यसलाई भारतको लोकतान्त्रिक प्रक्रियाको विश्वास, पवित्रता र संवैधानिक सम्मानलाई जोगाउन आवश्यक सुधारको रूपमा वर्णन गरे।संसदमै बोल्दै उनले भने कि चुनाव लोकतन्त्रको मेरुदण्ड हो, र यसकोl ईमानदारी को बचाव सार्वजनिक विश्वास कायम राख्न अत्यन्त जरुरी छ। उनले स्पष्ट पारे कि SIR केवल प्रशासनिक प्रक्रिया होइन, यो यस्तो प्रणालीगत अभ्यास हो जसले मतदाता सूचीमा केवल वास्तविक र योग्य नागरिकहरूमात्र समावेश हुन्छन् भन्ने सुनिश्चित गर्छ।श्रृंगलाले बताए अनुसार, यो प्रक्रियाले ईमानदार मतदातालाई सशक्त बनाउँछ, नक्कली वा अवैध नामका कारण वैध मत कमजोर हुने अवस्थालाई रोक्छ, र स्वतन्त्र, निष्पक्ष र स्वच्छ चुनावको आधारलाई मजबुत बनाउँछ। उनले थपे कि अवैध प्रवेश रोक्नु र जाँचको प्रक्रिया सुदृढ पार्नु आजको सुरक्षा र प्रशासनिक परिस्थितिमा अति आवश्यक छ।उनको भनाइ अनुसार, यो सुधार प्रधानमन्त्रीज्यूको “मजबुत लोकतन्त्र,बलियो संस्थामाथि निर्भर गर्छ” भन्ने विश्वाससँग मेल खान्छ। SIR प्रक्रियाले भारत निर्वाचन आयोगको संवैधानिक अधिकारलाई अझ सुदृढ बनाउँछ, र प्रणालीमा पारदर्शिता, जिम्मेवारी र जनविश्वास बढाउँछ।श्रृंगलाले पश्चिम बंगालमा केही राजनीतिक दलहरूले सहयोग नगरेको र प्रक्रियालाईअवरोध गर्ने प्रयासमा लागेको प्रति चिन्ता प्रकट गरे। उनले प्रश्न गरे — “एक सरल, पारदर्शी र संविधानले तोकेको जाँच प्रक्रिया किन विरोध गरिँदैछ?” सर्वोच्च अदालतले पनि यस विषयमा गम्भीर ध्यान दिएको उल्लेख गर्दै उनले भने कि यस्तो अवरोधले अराजकता निम्त्याउन सक्छ र निर्वाचन आयोगको अधिकारप्रति चुनौती दिन मिल्दैन।अन्त्यमा उनले भने,

“यी सुधारहरूले भारतको लोकतान्त्रिक आवाज केवल वास्तविक नागरिकहरूको नै हो भन्ने भावनाको सुरक्षा गर्छ।”श्रृंगलाले जोड दिए कि SIR प्रक्रिया विकसित भारतको  प्रगति-यात्राको केन्द्रमा छ —जसले चुनाव, बलिया संस्था र सच्चा नागरिकहरूको इच्छाशक्ति मिलेर लोकतन्त्रको शक्तिलाई परिभाषित गर्छ। उनले सबै पक्षलाई दलगत स्वार्थभन्दा माथि उठेर भारतको लोकतान्त्रिक आत्माको रक्षा गर्ने यी सुधारहरूलाई समर्थन गर्न आह्वान गरे।

By Business Bureau