हैदरावादमा G20 डिजिटल इकोनोमी वर्किंग ग्रुप को बैठक

55

G20 डिजिटल इकोनोमी वर्किंग ग्रुप (DEWG) को बैठक मंगलबार हैदराबादमा भएको थियो। बैठकमा G20 सदस्य राष्ट्रहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका 140 प्रतिनिधिहरूले भाग लिए। दोस्रो दिन ‘म्युचुअल रिकग्निसन फ्रेमवर्क अन डिजिटल स्किल’ सम्बन्धी वर्कशॉप आयोजना गरिएको थियो । वर्कशॉप ले सीमापार डिजिटल सीपहरू पहिचान गर्न सकिने तरिकाहरू पत्ता लगाएको थियो।

पहिलो सत्रमा डिजिटल स्किलिङबारे चर्चा भएको थियो । डिजिटल सीप सम्बन्धी ठोस र व्यावहारिक कदमहरू बारे विस्तृत चर्चा भयो। बैठकको पहिलो दिन विभिन्न क्षेत्रका विज्ञहरूले उच्च गतिको मोबाइल ब्रोडब्यान्ड र यसले समाजमा पार्ने प्रभाव, डिजिटल समावेशीकरण र सस्टेनेबल ग्रीन डिजिटल इंफ्रास्ट्रक्चर–चुनौती र अवसरहरूबारे चर्चा गरेका थिए । बैठकको क्रममा DoT ले तीन विषयगत सत्रहरू आयोजना गर्यो।

उच्च गतिको मोबाइल ब्रोडब्यान्ड र यसको प्रभावको प्यानलले उच्च गतिको कनेक्टिभिटी, शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रहरूमा डिजिटल सेवाहरू सम्बन्धी विषयहरूमा छलफल गरेको थियो। ‘डिजिटल समावेशी – अनकनेक्टेड जडान’ सम्बन्धी चर्चा डिजिटल रूपान्तरण, पूर्वाधार र डिजिटल सीपहरू, र सस्टेनेबल ग्रीन डिजिटल इंफ्रास्ट्रक्चर को लागि मानिसहरूलाई जोड्ने कुरामा केन्द्रित थियो। तीन दिने बैठकमा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, साइबर सेक्युरिटी र सीपमा केन्द्रित थियो । यसअघि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल इकोनोमीमा साइबर सुरक्षा र डिजिटल स्किलिङबारे चर्चा गर्न G20 को DEWG को पहिलो बैठक लखनउमा भएको थियो।